काठमाडौँ। सरकारले सशस्त्र प्रहरीकाे आईजीमा पदमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
सशस्त्र प्रहरी बलका हालका आईजी राजु अर्याल वैशाख १८ मा अवकाशमा जान लागेका छन् ।
अर्यालले २०७९ वैशाख १९ बाट सशस्त्र प्रहरीको कमाण्ड समालेका थिए । सशस्त्र प्रहरीका आईजीको पदावधि चार वर्ष हुने कानुनी व्यवस्था छ ।