
काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, मंगलबार पछिल्ला तीन दिनमा बजार करिब ३३ अंकले घटेको हो । आज मंगलबार नेप्से ९.९६ अंकले घटेको छ ।
मंगलबार आठ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार आठ अर्ब ७७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ । १६० कम्पनीको सेयर मूल्य घटेको छ । मुक्तिनाथ विकास बैंकको सेयर मूल्य स्थिर छ ।
यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहको परिसूचक बढेको छ ।






