
काठमाडौं । नइ एकेडेमीले चार साहित्यकारलाई ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले विज्ञप्ति जारी गर्दै प्रा.डा. वासुदेव त्रिपाठी, प्रा. शिवगोपाल रिसाल, प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. दयाराम श्रेष्ठलाई जनही ५०/५० हजार रुपैयाँ नगद राशिसहित उक्त पुरस्कार प्रदान गर्ने जनाएका छन् ।
त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको श्रीवृद्धिमा गरिएको योगदानका लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।




