काठमाडौं।नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन यहि भदौ २० देखि २२ गतेसम्म हुने भएको छ ।
पूर्वनिर्धारित उक्त महाधिवेशनमा दुई हजार ३ सय ९२ जना प्रतिनिधि सहभागी हुनेछन् ।
काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा दुई हजार ३९२ जना सहभागी हुने भएका छन् ।
भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा दुई हजार ३९२ जना सहभागी हुने विधान महाधिवेशन मुल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।
पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतितिनिधी र २६४ जना आयोजकको रूपमा सहभागी हुनेछन् ।
२०७८ मा चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधी मात्र विधान महाधिवेशनका प्रतिनिधी हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधीहरूलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ ।
महाधिवेशनस्थलमा कम्तीमा ३०० जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । स्वयंसेवकको जिम्मा युवा संघ, खेलकुद महासंघलगायत जनसंगठनले लिएका पनि गौतमले बताएका छन् ।
हाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, विधान संसोधन सम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेले पेस गर्नेछन् ।
एमालेले महाधिवेशन सफल पार्न यसअघि नै विभिन्न कमिटी बनाएर नेताहरूलाई जिम्मेवारी तोकिसकेको छ । सबै कमिटीहरुले महाधिवेशन तयारीको काम गरिरहेको गौतमले जानकारी दिए ।
व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमालेलाई एकमना एकताका साथ अघि बढाउने र एमालेले लिन नीति र विधी तय गर्ने उत्सव भएकोले सबैलाई गम्भिरतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।
मूल नारा भने हालसम्म तय भैनसकेको र त्यसको तयारी हुँदै गरेको गौतमले जानकारी गराएका छन् ।