काठमाडौं ।अछाममा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
मंगलबार बिहान ६ः३३ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
पछिल्लो समय देशका पूर्व, मध्य र पश्चिम भूभागमा साना–ठूला भूकम्पीय कम्पन महसुस भएका छन्।





