काठमाडौं। अघिल्लो दिनको लय समात्दै मंगलबार नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेको छ। सेयर बजार सोमबार १५.८ अंकले बढेको थियो।यस दिन सात अर्ब ४४ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सपोर्ट लघुवित्त वित्तीय संस्था, युनाइटेड इदी मार्दी हाइड्रोपार र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
२११ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ३२ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज कारोबारमा आएका १३ वटै समूहका परिसूचक वृद्धि भएको छ ।






