
काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ ।
अहिले हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो ।
प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ महासचिव शंकर पोखरेलले भने, ‘चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’
पार्टीको निर्वाचन आयोगले नामहरू वर्णानुक्रम अनुसार सच्याएर पठायो। त्यस आधारमा इन्ट्री भइसकेको डेटा मिलाउन थप समय लागेपछि निर्धारित समयमा हुन नसकेको बताइएको छ।




