काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५१.११ अंकले घटेको छ । नेप्से १.८५ प्रतिशतले घटेर २७०२.६५ को विन्दुमा पुगेको हो ।
मंगलबार दुई करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर १० अर्ब ४६ करोड ६८ लाख रुपैयाँमा किनबेच भएको छ।
यसदिन २२४ कम्पनीको सेयर मूल्य घटेको छ । २० कम्पनीको सेयर मूल्य बढ्दा एकको सेयर मूल्य स्थिर छ ।
कारोबारमा रहेका १३ वटै उपसमूहको समूहगत परिसूचक घटेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको सूचक ३.१७ प्रतिशतले घटेको छ