
धम्मपद शृङ्खला -३३
चित्त वर्ग
.३३ फन्दनं चपलं चित्तं दुरक्खं दुन्निवारयं ।
उजुं करोति मेधावी उसुकारो व तेजनं ॥ १ ॥
जसरी वाण बनाउनेले आफ्नो वाणलाई सोझो बनाउँछ, त्यसैगरी बुद्धिमान मानिसले निरन्तर विचलित हुने, चञ्चल, मुस्किलले रक्षा गर्न सकिने र मुस्किलले निवारण गर्न सकिने चित्तलाई काबुमा राख्छ ।







