
माघ २२
वज्रयानको इष्टदेव (यिदम्) साधनामा हामी प्रायः आफूलाई नै इष्टदेवको रूपमा भावना गर्दै ध्यान गर्छौँ । तर मतिशोधन (लोजोंग) अभ्यासमा भने हामी आफूलाई सामान्य स्वरूपमै देख्छौँ र आफ्नो शिरमाथि सबै आशीर्वादको मूल स्रोत हुनुहुने आफ्ना मूल गुरुलाई भावना गर्छौँ ।
— सेवेन प्वाइन्ट्स अफ माइन्ड ट्रेनिङ् (सप्तश्लोकी मतिशोधन), पृष्ठ ११ बाट







