
पुष ५,कहिलेकाहीँ हामी सांसारिक कार्यहरूमा ठूलो वीर्य (उत्साह) र क्षान्ति (धैर्य) देखाउँछौँ, तर धर्म अभ्यासमा भने त्यस्तो वीर्य र क्षान्ति देखाउँदैनौँ। यदि हामी त्यसो गर्छौँ भने त्यो हाम्रो ‘भ्रान्त क्षान्ति’ र ‘भ्रान्त वीर्य’ हो। हामीले आफ्ना कुशल गुणहरूलाई अकुशल वा अनुपयुक्त विषयमा प्रयोग गर्नु हुँदैन।
— सेवेन प्वाइन्ट्स अफ माइन्ड ट्रेनिङ् (सप्तश्लोकी मतिशोधन), पृष्ठ ६९ बाट







