
मंसीर २०,अभ्यास र अध्ययन गर्दा क्लेशहरूबाट मुक्त आशय (प्रेरणा) राख्नु अति आवश्यक हुन्छ। शुद्ध आशयहरूमध्ये सबैभन्दा उत्कृष्ट भनेको आफू र अरू सबै प्राणीहरूको हित गर्ने इच्छा हो। तपाईंसँग पहिलेदेखि नै धर्मप्रति श्रद्धा, आदर, उत्साह र बोधिचित्तको विशुद्ध आशय रहेको हुनसक्छ। तैपनि समय–समयमा त्यस आशयलाई स्मरण गरी सुदृढ गर्नु राम्रो हुन्छ। यसो गर्दा चित्त धर्मतर्फ प्रवृत्त हुन्छ र धर्म नै मार्ग बन्छ।
—एडभाइस फ्रम अ योगी, पृष्ठ २५७ बाट







