
मंसीर १२, हामीले जुनसुकै धर्मको अभ्यास वा चित्त प्रशिक्षणका लागि जुनसुकै ध्यान गरे तापनि त्यसको मूल उद्देश्य आत्म-ग्राह अर्थात् ‘म’ प्रतिको आसक्तिलाई घटाउनु वा जरैदेखि उखेल्नु हो। यदि यो आसक्ति घटिरहेको छैन भने साधना सही रूपमा भइरहेको छैन। आफूलाई अत्यधिक महत्त्व दिने प्रवृत्ति क्रमश: कम हुँदै जानु साधना ठीक चलिरहेको संकेत हो।
— सेवेन प्वाइन्ट्स अफ माइन्ड ट्रेनिङ् (सप्तश्लोकी मतिशोधन), पृष्ठ ५१ बाट







