
कार्तिक २२, मृत्युको क्षणमा हाम्रो चित्तको अवस्था सकारात्मक हुनु ज्यादै महत्वपूर्ण छ। यदि तपाईँले आफ्नो जीवनको अधिकांश समय क्लेशको वशमा परेर बिताउनुभएको छ भने मृत्युको क्षणमा ती क्लेशहरू पुनः सक्रिय हुनेछन् र तिनले तपाईँको चित्तको आगामी गन्तव्य तय गर्नेछन्।
त्यसको विपरीत यदि तपाईँले जीवनभर स्मृति र सम्प्रजन्यका साथ क्लेशहरूमाथि विजयको अभ्यास गर्नुभएको छ भने, त्यही अभ्यस्त चित्त मृत्युको क्षणमा पनि सक्रिय हुनेछ र तपाईँलाई सहयोग गर्नेछ। त्यसैले, यो जीवनकालमै हामीले स्मृति र सम्प्रजन्यको अभ्यास गरिरहनु अपरिहार्य छ।
– जर्नी अफ द माइन्ड, पृष्ठ ३४ बाट







