
असोज २५, यदि कसैलाई बोधिचित्तका लाभहरू गहिरो रूपमा थाहा छ भने उ स्वाभाविक रूपमा बोधिचित्त उत्पन्न गर्न प्रेरित हुन्छ। त्यसका लागि कुनै जबरजस्ती गर्नु पर्दैन। जब बोधिचित्त उत्पन्न गर्दा प्राप्त हुने लाभहरूको साक्षात्कार हुन्छ, तब कुनै प्रयास बिना नै मनमा स्वाभाविक रूपमा अत्यन्त ठूलो उत्साह जाग्छ।
— शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ १३१ बाट







