पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सम्मानित सर्वोच्च अदालतको आदेशले ५३ दिनपछि फेरी सत्तामा फकिएका छन् । दोश्रो पटक मुख्यमन्त्री बनेका उनको नेतृत्वमा कति दिन सरकार रहला भनि दिनगन्ती शुरु भएको छ । उनीसँग स्पष्ट बहुमत पनि छैन् । उनको बहुमत पुर्याउने कसरतले पनि काम गरेको छ्र्रैन् । यसअघि पनि बहुमत नपुग्दा उनले चैत २१ गते राजीनामा दिएका थिए ।सम्मानित सर्वाेच्च अदालतको परमादेशबाट नेपालको संविधानको धारा १६८को उपधारा (३) अनुसार अहिले उनी मूख्यमन्त्री बनेका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेशमा काँग्रेसका २७,नेकपा एमालेका २२,माओवादीकेन्द्रका सभामूख सहित ८,राप्रपाका २ र स्वतन्त्र निर्वाचित भइ एकिकृत समाजवादी बनेका राजीव गुरुंग छन् । यो सरकारलाई टिकाइराख्न बहुमत पुर्याउन ३१ साँसदको समर्थन आवश्यक पर्दछ । तसर्थ काँग्रेस बाहेक ४ साँसदको समर्थन पाण्डेलाई जरुरत छ । राप्रपाले मात्र साथ दिंदैमा पनि बहुमत पुग्दैन् ।
बजेट ल्याउने बेलामा बहुमत पुर्याउनुपर्ने अबस्था आएको छ । त्यसैले पाण्डेमाथि समस्याको खात छ । संविधान अनुसार असार १ गते बजेट ल्याउनुपर्दछ । विहिवार बसेको प्रदेश सभाको बैठकमा बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत भएपनि छलफल पछि पारित नगरिकन प्रदेश सभा अनिश्चित कालका लागि बन्द गरिएको छ ।