ANTIGUA, ANTIGUA AND BARBUDA - JUNE 20: Pat Cummins of Australia celebrates with teammates Marcus Stoinis and Mitchell Starc after dismissing Taskin Ahmed of Bangladesh (not pictured) for his hat trick during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 Super Eight match between Australia and Bangladesh at Sir Vivian Richards Stadium on June 20, 2024 in Antigua, Antigua and Barbuda. (Photo by Jan Kruger-ICC/ICC via Getty Images)
काठमाडौं । टी–२० विश्वकपको सुपर एट खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १ सय ४९ रनको लक्ष्य दिएको छ ।
अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजेपछि अफगानिस्तानले पहिले ब्याटिङ गरेको हो। राम्रो सुरुवात गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो ।
अफगानिस्तानले पन्ध्र ओभर पाँच बलमा आफ्नो पहिलो विकेटको रुपमा रहमानुल्लाह गुरबाजलाई गुमाएको थियो । पहिलो विकेटको लागि १५ दशमलब ५ ओभर खर्चिएको अस्ट्रेलिया त्यसपछि भने खेलमा फर्किएको थियो ।
४९ बल खेलेका गुरबाजले ४ चौका र ४ छक्काको मद्दतमा ६० रनको पारि खेले । जतिबेला अफगानस्तानको स्कोर बोर्डमा ११८ रन बनेको थियो । यस्तै, इब्राहिम जद्रानले ५१ रन, करिम जन्नतले १३ बनाउँदा मोहमद नबीले अविजित १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अस्टे«ेलियाको लागि प्याट ममिन्सले जारी विश्वकपमा आफ्नो दोस्रो ह्याट्रिक पूरा गरे । उनले राशिद खान, करिम जन्नत र गुलाबुद्दिन नबीको विकेट लिए ।
यस्तै, एडम जाम्पाले एकै ओभरमा दुई विकेट लिए । उनले १६.३ ओभरमा अजमतुल्लाह उमरजाई र १६.६ ओभरमा इब्राहिम जद्रानलाई आउट गराए । मार्कस स्टोइनिसको नाम एक विकेट रह्यो ।
भारतसँग पराजित अफगानिस्तान आजको खेल जित्दै सेमिफाइनल सम्भावनालाई कायम राख्न चाहन्छ। अष्ट्रेलियाले आजको खेल जिते सेमिफाइनलमा प्रवेश गर्नेछ।