असोज १५, कुनै पनि कुराको परीक्षा वा जाँच गरेर त्यसको बारेमा निश्चितता (पक्का ज्ञान) प्राप्त गर्नु आवश्यक छ, किनकि यसले नै तपाईंलाई त्यस्तो किसिमको बोधतर्फ डोर्याउँछ जसमा त्रुटि वा शङ्काको लागि कुनै ठाउँ रहँदैन। कहिलेकाहीँ कुनै कुरा थाहा हुन सक्छ, तर यदि त्यो कुरा प्रष्ट र निश्चित ढङ्गले थाहा भएन भने, तपाईंलाई अझै पनि शङ्का हुन सक्छ, र यी शङ्काहरूले तपाईंको प्रारम्भिक विश्वास र बुझाइलाई नष्ट गर्न सक्छन्।
— द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यमार्ग ध्यान निर्देशनहरू), पृष्ठ ३८ बाट