
धम्मपद शृङ्खला– ४
यमक वर्ग
७) सुभानुपस्सिं विहरन्तं इन्द्रियेसु असंवुतं ।
भाजनम्हि अमत्तञ्ञुं कुसीतं हीनवीरियं ।
तं वे पसहति मारो वातो रुक्खं व दुब्बलं ।।
– जो मानिस राम्रैराम्रा वस्तु को पछि लागिरहन्छ, इन्द्रिय संयम गर्दैन,
भोजन कति ग्रहण गर्ने भन्ने हेक्का राख्दैन र जो प्रमादी तथा
उत्साहहीन छ, उसलाई मारले यसरी पतन गराइदिन्छ जसरी
बतासले कमजोर रुखलाई ढलाइदिन्छ ।
८) असुभानुपस्सिं विहरन्तं इन्द्रियेसु सुसंवुतं ।
भोजनम्हि च मत्तञ्ञुं सद्धं आरद्धवीरियं ।
तं वे नप्पसहति मारो वातो सेलं व पब्बतं ।।
-जो मानिस सधैँ सुखैसुखको पछि लाग्दैन, इन्द्रिय संयम गर्दछ, भोजनको परिमाण हेक्का राख्छ र जो श्रद्धायुक्त एवं उत्साही छ, उसलाई
मारले प्रभावित पार्न सक्दैन जसरी बतासले पर्वतलाई हल्लाउन सक्दैन ।







