जेठ २६ , ध्यानअभ्यास सकिएपछिको समय (पृष्ठलब्ध) मा पनि स्मृति र होस (सम्प्रजन्य) को विकास गर्नु निकै महत्वपूर्ण हुन्छ । हामीले दैनिक जीवनमा गर्ने काममा पनि आफुले के गर्दैछु भन्ने थाहा पाएर सजग भएर काम गर्न सिक्नुपर्छ । जस्तै, तपाईं पत्र लेखिरहनुभएको छ भने मन त्यसैमा होस्—अरू कुरातिर नभट्कियोस् । अथवा तपाईं कसैसँग कुरा गरिरहनुभएको छ भने, पूरा ध्यान त्यो कुराकानीमै होस्—मन अन्यत्र नडुलोस् । यसरी आफूलाई प्रशिक्षित गर्नाले दैनिक व्यवहारमा पनि स्मृति र होसको अभ्यास छुट्न पाउँदैन ।
( इसेन्सियल्स् अफ महामुद्रा, पृष्ठ २९ बाट)