स्वस्ति वः कुरुतां बुद्धाः स्वस्ति देवाः सशक्राः।
स्वस्ति सर्वाणिभूतानि सर्वकाल दिशान्तु वः ॥
बुद्धपुण्यानुभावेन देवतानां मतेन च ।
यो योऽर्थ समभिप्रेतः सर्वोर्थोऽद्य समृद्धयताम् ॥
स्वस्ति वो द्विपदे भोन्तु स्वस्ति वोऽस्तु चतुष्पदे ।
स्वस्ति वो व्रजतां मार्गे स्वस्ति प्रत्यागतेषु च ॥
स्वस्ति रात्रौ स्वस्ति दिवा स्वस्ति मध्यं दिनेस्थिते ।
सर्वत्र स्वस्ति वो भोन्तु माचैषां पापमागमत् ।
सर्वे सत्त्वाः सर्वेप्राणाः सर्वे भूताश्च केवलाः ।
सर्वे वैं सुखिनः सन्तु सर्वे सन्तु निरामयाः ।।
यानि भूतानि समागतानि स्थिततानि भूमावथवान्तरिक्षे ॥
दिवा च रात्रौ च चरन्तु धर्म ॥
भावार्थ : भगवान् बुद्धले तिमीहरूको कल्याण (मङ्गल) गरुन्, इन्द्रसहित सबै देवताहरूले पनि तिमीहरूको कल्याण गरुन् । सम्पूर्ण प्राणीहरूको हरसमय हरबखत कल्याण होस् । भगवान् बुद्धको अनुभाव (कृपा) ले र सकल देवताहरूको कृपाले आज तिमीहरूले जे चाहे ती सबै इच्छा आकांक्षा परिपूर्ण होस्, सम्पन्न होस् । दुई खुट्टे प्राणीको कल्याण होस्, चार खुट्टे प्राणीको पनि कल्याण होस् । बाटोमा हिँडिरहँदा पनि कल्याण होस्, फर्केर (घर) आउँदा पनि कल्याण होस् । रातमा पनि कल्याण होस्, दिनमा पनि कल्याण होस्, मध्यान्तमा पनि कल्याण होस् । सर्वत्र कल्याणै कल्याण होस्, कसैलाई पनि पाप एवं दुःखकष्ट नहोस् । सम्पूर्ण सत्त्व, प्राणी, भूतहरू पनि सधैं सुखी रहून् । सकल प्राणीहरू निरोगी होऊन्, सुखी होऊन्, सबैले कल्याणै कल्याण देखून्, कसैको पनि मनमा पाप चित्त नआओस् । संसारमा उत्पन्न भएका जति पनि प्राणीहरू छन्, प्राणीहरूले पृथ्वीमा होस वा आकाशमा जहाँ भए पनि परम्परामा सधैं मैत्री गरुन, बसूनू, द्वेष नहोस्, झैं झगडा नहोस्, रातोदिन सबैले धर्मानुसार आचरण गरुन् ।
यसरी बोधिचित्त भावना गरिसकेपछि मङ्गलास्तव पनि व्यक्त गरी हरेकको मंगल कामना गर्ने प्रचलन छ । यो पनि एक प्रकारको बोधिचित्तोत्पाद नै हो । जुन यस प्रकारका
छ-
आदौ कल्याणं मध्ये कल्याणं पर्ववसाने च कल्याणं
स्वर्थम् सुव्यञ्जनं केवलं परिपूर्णम् पर्यवदातं ब्रम्हचर्य संप्रकाशयतिस्म ।
आयुर्वृद्धि, यशोवृद्धि, वृद्धिविद्या सुखाश्चैव जनधन सन्तान एतेऽह सप्त वृद्धि अस्तु स्ते ।
भावार्थ :
शुरुमा पनि कल्याण होस्, मध्य ( बीच ) मा पनि कल्याण होस्, अन्तमा पनि कल्याण होस्, राम्रो अर्थले पूर्ण भएको, राम्रो शब्दले युक्त भएको, केवल पर्यवदातं ( निर्मल, सफा, स्वच्छ) ब्रम्हचर्यालाई बुद्ध भगवान्ले प्रकाश पार्नुभयो । सबैको आयु वृद्धि होस्, यश (कीर्ति) वृद्धि होस्, विद्या सबैको आयु वृद्धि होस्, यश (कीर्ति) वृद्धि होस्, विद्या वृद्धि होस् । त्यसैगरी सुख, जन, धन, सन्तानसमेत गरी सात प्रकारको वृद्धि होस् ।
चरथ भिक्खवे चारिका, बहुजन हिताय, बहुजन सुखाय, लोकानुकम्पाय, अत्थाय हिताय, सुखाय देवमनुस्सानं, दसेथभिक्खवे, धम्म ज्ये कल्याणं, आदिकल्याणं, परियोसाने कल्याणं, सोत्थ , सुव्यञ्जनं केवल परिपुण्ण, परिशुद्ध ब्रम्हचर्या पकासेथ ।
(महावग्ग पालि विनयपिटक)
भगवान् बुद्ध स्वयम्ले यसरी भिक्षुहरूलाई चारिका गर भनी आज्ञा हुँदाखेरी नै “ आदिकल्याण मज्भे कल्याण परिशुद्ध ब्रम्हचरियं पकासेथ” भन्ने यो पवित्र वाक्यद्वारा ब्रम्हचर्याको प्रचार गर भनेर आज्ञा भएको थियो । पछि यही वाक्यमा वज्र महायानीहरूले आयुर्बुद्धि, यशोवृद्धि, वृद्धिविद्या, सुखाश्चैय जन, धन, सन्तान ऐतह सप्तवृद्धि अस्तु ते भन्ने बोधिचित्त भावनाको वचन थपी जुनसुकै मङ्गलकार्य अर्थात् जन्मदिन, व्रतबन्ध, विवाह आदिमा दही सगुन र फूल (अण्डा) सगुन दिँदा पनि मनै आनन्द हुने किसिमको यो पवित्र बुद्ध वचनलाई “स्वस्ति वः कुरुतां…” भन्ने मङ्गलाश्चरणको साथसाथै पढ्ने प्रचलन चलाए । भगवान् बुद्धको पवित्र वचनलाई यसरी अत्यन्त मङ्गलमय सम्झी समस्त प्राणीको हित होस् भन्ने प्राणी प्राणी बीच अतुलनीय पूर्वज दूरदर्शी वज्र महायानीहरूले आफ्नो गुरुमण्डल समाधिको “पुष्पारोहण” ( देवदेवीलाई फूल चढाउने) सन्दर्भमा प्रयोगमा ल्याएका हुन् । यसरी हाम्रा अग्रज वज्र महायानी (वज्राचार्य) हरूले विश्व भातृत्वको उत्थानमा पवित्र बुद्ध वचनलाई अटुट रूपले अंगाली बोधिचित्त भावना गराउन कोशिश गर्नु कम महत्त्वको कुरा होइन । बोधिसत्त्वयान/महायानको उद्देश्य “बुद्धो भवयेम् जगतो हिताय” लाई जनजनमा पुयाउन कोशिश गर्नु हो, सबैको हित चिताउनु नै हो ।