
जनकपूर ।लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशु चौपाया मरेका छन् ।
प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९वटा पशु उपचारबाट निको भएको बताइएको छ ।
यसका लक्षणहरुमा पशुलाई सुरुमा ज्वरो आउने, शरीरमा घाउ खटिरा आउने तथा घाँस र पानी खान नखोज्ने लक्षण देखिन्छन् ।
रोगको पहिचान भएका पशुमा खोप लगाउने अभियान पनि सुरु गरिएको बताइएको छ। हालसम्म मधेश प्रदेश भरिका दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको छ ।



