sf7df8f}F, & r}tM
5ftf cf]9]/ uGtJotkm{ hfFb} ;j{;fwf/0f
sf7df8f}FFsf] tf/s]Zj/ gu/kflnsf!) l:yt dgd}h'df cfh lbpF;f] k/]sf] kfgLdf 5ftf cf]9]/ uGtJotkm{ hfFb} ;j{;fwf/0f . tl:a/M xl//fd e]6'jfn÷/f;;
काठमाडौँ । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा वर्षाको सम्भावना रहेको हो ।
दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार राति सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
दिउँसो देशभर साधारणतया बादल लाग्ने छ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
पहाडी भागका धेरै स्थानमा मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका धेरै तथा मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको पूर्वानुमान छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
विभागका अनुसार तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।



