
धादिङ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।
सोमबार बिहान करिब ५: ४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको नेतृत्वमा ६ जना प्रहरी तथा ट्राफिक प्रहरीको टोली घटनास्थलमा खटिएको छ ।
टोलीले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने काम गरिरहेको प्रहरीले जनाएको छ ।






