
काठमाडौँ । नेपाल पंक्षी संरक्षण संघले गर्दै आएको शनिवारिय पंक्षी अवलोकन कार्यक्रम अन्तर्गत सिम बोसन्, किर्तिपुरमा सम्पन्न भएको छ। शिक्षक तथा विद्यार्थीहरुका साथै अविभावक र पर्यटनकर्मीपनि गरि २४ जना सहभागी भएका थिए।
बिहान ७ बजे देखि सुरु भएको अवलोकन कार्यक्रम मध्यान्ह १२ बजे सम्म चलेको थियो। कार्यक्रममा संघका अध्यक्ष बिमल थापाले सहभागी हरुलाई चराको महत्वको बारेमा बताए भने संयोजक प्रसन श्रेष्ठले सहभागीहरुलाई संघको सदस्य बन्नका लागी आह्वान गर्नु भयो।

साथै नेपालका चरासम्बन्धी लेखिका क्यारोल इन्स्किपले बाल्यकाल देखिनै चरा अवलोकनमा आफ्नो रुची कसरी भयो भन्ने आप्नो अनुभव सहभागीहरुलाई सुनाए। सहभागिले ६८ प्रजातिका चराहरु अवलोकन गरेको कार्यक्रम संयोजक प्रसन श्रेष्ठले बताउनु भयो।







