
काठमाडौं । विद्युतकर्मी साहित्यिक समाजको आयोजनामा विद्युतकर्मी साहित्यिक समाजका संस्थापक तथा प्रथम निर्वाचित कार्यसमिति अध्यक्ष केशव प्रसाद रुपाखेतीको सम्मानमा उहाँकै रचना उहाँलाई नै सुनाउने कार्यक्रम “त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये” कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा केशवप्रसाद रुपाखेतीको कविता संग्रह रमणीय धुनीबेसीँ र विद्युतकर्मी साहित्यिक समाजको नियमित प्रकाशन अमर ज्योति लोकार्पण भएको थियोे ।
कार्यक्रममा साहित्यकार केशवप्रसाद रुपाखेतीलाई माला दोसल्ला र उहाँको योगदान झल्कने सम्मानपत्र समर्पण गरिएको थियोे । त्यसैगरी”” त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये ” कार्यक्रममा सम्मानित स्रष्टा रुपाखेतीको आजै लोकार्पण भएको कविता संग्रहबाट कविता वाचन गरि उहाँलाई नै सुनाइएको थियोे ।
त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाजबाट पूर्व अध्यक्षहरू विष्णुबहादुर सिंह, वीरेन्द्र पाठक, पुण्य घिमिरे, रामेश्वर राउत मातृदास र कृष्णदेव रिमालले रमणीय धुनीबेसीँ कविता संग्रहमा संग्रहित कविता वाचन गर्नु भएको थियोे । त्यसैगरी त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पयेमा विद्युतकर्मी साहित्यिक समाजबाट उपाध्यक्ष शारदा पराजुली, कोषाध्यक्ष मुकुन्द प्रसाद प्रसाईं सदस्यहरू रमेश सागर, कविता सुवेदी, संगीता पौडेल, रीता चालिसे, अनिल पौडेल, रामराजा ओझाले कविता वाचन गर्नुभएको थियोे । त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये अन्तर्गत चक्रपाणी स्मारक प्रतिष्ठानबाट अध्यक्ष राममणी ढुङ्गेल र सचिव रामगोपाल आसुतोष र चागुनारायण साहित्य समाजबाट बसन्ती भुजेलले कविता वाचन गर्नुभएको थियोे ।
त्यसै कवि गोष्ठी कार्यक्रममा समकालीन समयमा सशक्त कवि नेत्र कुँवर ” अशोक ” सुमन थापा सङ्गम र राधिका कल्पितले कविता वाचन गर्नुभएको थियो । कविता वाचन कार्यक्रममा चिनियाँ साहित्यकार लिलिले चिनियाँ साहित्यका स्यावमोको कविता वाचन गर्नुभएको थियोे भने उक्त कविता विद्युतकर्मी साहित्यिक समाजका पूर्वसचिव प्रकाश आचार्यले नेपालीमा रुपान्तरण गर्नुभएको थियोे ।
लोकार्पण भएको कविता संग्रह रमणीय धुनीबेसी माथि वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी र विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्ष कृष्णदेव रिमाल शब्दसेनाले समीक्षा गर्नुभएको थियोे ।
त्यसैगरि विद्युतकर्मी साहित्यिक समाजको वार्षिक सम्मान कार्यक्रम अन्तर्गत अमर ज्योति सम्मान २०८३ बाट दोसल्ला, सम्मानपत्र र नगद रु ५००५/- सहित समाजका पूर्व सहसचिव यादवराज घले र पूर्व सदस्य बिन्दु शर्मा आचार्यलाई समर्पण गरियो।
कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार रामप्रसाद पन्त रहनुभएको थियोे । मिति २०८३-०३-०७ गते आइतबार सम्पन्न कार्यक्रम पुतलीसडक स्थित ग्रिनलिफ फुड क्याफेमा भएको थियोे । कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिता भएको थियोे । कार्यक्रमको सभाध्यक्षता र कार्यक्रम बारेमा प्रकाश विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कवि विष्णुप्रसाद आचार्यले गर्नुभएको थियोे । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत विद्युतकर्मी साहित्यिक समाजका उपाध्यक्ष शारदा पराजुलीले गर्नुभएको थियोे भने कार्यक्रम संचालन विद्युतकर्मी साहित्यिक समाजका सचिव युवराज शर्माले गर्नुभएको थियोे । अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको थियोे ।





