
काठमाडौँ। हाल कोसी, मधेस र वाग्मती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ ।
अन्य भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।
देशका केही स्थानमा तातो दिन हुँदा धेरैजसो स्थानमा भने वर्षाको सम्भावना छ । मनसुन फैलिने क्रम बढ्दै जाँदा तातो हावाको लहर चल्ने क्षेत्र कम हुँदै र वर्षा हुने भूभाग बढ्दै गएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।
मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोसी प्रदेशका तराई भूभागका थोरै स्थान र मधेस, वाग्मती र गण्डकी प्रदेशका तराईको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर चल्नेछ ।
वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।
विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।
मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा र वाग्मती तथा गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।