
बकैया ।मकवानपुरको बकैया गाउँपालिकामाआयोजना भएको क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधी बकैया खेलकुद विकास समितिले जितेको छ । आइतबार वडानम्बर–५ स्थित कर्मा चुलीमा भएको फाइनल खेलमाआयोजक जन एकता क्लबलाई १–० गोलले हराउँदै बकैयाले उपाधी जितेको हो ।
बकैयाको जितमा विपन श्रेष्ठले खेलको ६५ औं मिनेटमा निर्णायक गोल गरे । उनले फृकिक मार्फत उत्कृष्टगोल गरेका हुन् । खेलको म्यानअफ द म्याचश्रेष्ठघोषित भए ।जितसँगै बकैयाले १ लाख ११ हजार १ सय रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजकले ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट बकैयाका सुजन गुरुङ घोषित भए । उनले नगद ३ हजार रुपैयाँप्राप्त गरे। मिडफिल्डर सुबराजगोले, सर्वाधिक गोलकर्ता अविशेक भोलन, गोलरक्षक जन एकताका सुजन बल र डिफेन्डर जन एकताकै सुशन वाईबा घोषित भए । अन्यविधागतउत्कृष्टले २–२ हजार रुपैयाँप्राप्त गरेका छन् ।
प्रतियोगितामा सर्लाहीको बागमती युवाक्लबलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको थियो भने शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमायुग परिवर्तन बागमती गाउँपालिकालाई १–० गोलले हराउँदै बकैया फाइनलमाप्रवेश गरेको थियो ।
क्लबकाअध्यक्ष कृष्णघतानीको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारकि सामाजिकविकासमन्त्री हरि प्रभाखड्कीको प्रमुखआतिथ्यतामाभएको प्रतियोगिताको समापन कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, भिम फेदी गाउँपालिकाकाअध्यक्ष हिदमलामा, बकैया–५ कि वडाध्यक्षलक्ष्मीजिम्बा, ६ नम्बरका वडाध्यक्षफिलमानभोम्जन, बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङ लगायतको आतिथ्यता रहेको थियो ।







