कृति : विचारको स्वर
विधा: निबन्ध
निबन्धकार : विनोद मन्जन
आत्मपरकताभन्दा वस्तुपरक निबन्धहरुले भरिएको विनोद मन्जनको यो कृति हो । ह्रदयको भाव भन्दा निबन्धहरुमा चिन्तनप्रदानताको भाव बढी छ निबन्धहरुमा । पच्चीसवटा विविध शिर्षकका निबन्ध यस कृतिमा समावेश छन् । माक्र्सबादी विचार दर्शनबाट प्रभावित मन्जन । विचारपरक निबन्धहरु लेखेका छन् । बस्तुपरक र चिन्तन परक निबन्ध छन् । सामाजिक रुपान्तरणलाई विषय बनाएर लेखिएका निबन्ध पनि छन् । यथार्थवादलाई निबन्ध लेखनीमा अंगालेका छन् ।
विचारको स्वरलाई विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले वि.सं.२०६१ सालमा प्रकाशनमा ल्याएको हो ।
कृति: नेपाली रंगमंच
विधा : परिचयात्मक विवरण
कृतिकार : प्रचण्ड मल्ल
रंगमंच विषयको अध्ययनलाई लिएर तयार पारिएको छ यो कृति । नेपालको रंगमंचीय कलाको इतिहास,पूर्वीय नाट्य जगतको इतिहास जानकारी दिने पुस्तक हो यो । यसमा नेपाली नाट्यकलाको उद्भव,विकास र आधुनिककालसम्मको परिचय दिइएको छ । नेपालमा लिच्छविकाल,मल्लकाल र शाहकालमा नाट्यकला,रंगमंचीय कलाको अबस्थाबारे जानकारी दिने पुस्तक बास्तवमै महत्वपूर्ण छ । यसका साथै नाट्यकलामा चर्चित व्यक्तिहरुको बारेमा जानकारी दिइएको छ ।
नेपाली रंगमंचलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले पहिलो पटक वि.सं.२०३७ सालमा प्रकाशनमा ल्याएको थियो ।
कृति: मानवताको कलंक जातपात र छुवाछूत प्रथा
कृतिकार : मोदनाथ प्रश्रित
जातीय परम्परामा जरो गाडेर बसेको जातीय भेदभाव अहिलेसम्म देखिन्छ । यस सन्दर्भमा ऐतिहासिक र सामाजिक रुपमा जातपात छुवाछूतको बारेमा वैदिककालदेखि हालसम्म भएका वर्णव्यवस्था,त्यसबाट उत्पन्न वर्णभेद र त्यसले समाजमा पारेको प्रभाव,समस्या र समस्याबाट मुक्त हुन गर्नुपर्ने कार्यहरुको बारेमा सप्रमाण व्याख्या,विवेचना यस कृतिले गरेको छ । जातपात छुवाछूतको इतिहास,विभिन्न शास्त्रीय सन्दर्भहरु,विभिन्न दलित व्यक्तित्वहरुका उदाहरण सहितको प्रेरक जानकारी समेत कृतिले दिए्रको छ ।
मानवताको कलंक जातपात र छुवाछूतको प्रथालाई वि.सं.२०५८ सालमा किरण पुस्तकालय,तम्घासले प्रकाशनमा ल्याएको थियो ।