
रङ्गमञ्च संवाद
तपाईले अहिलेसम्म रङ्गमञ्चमा बिताएको समय र उपलव्धी के हो ?
ठ्याक्कै भन्नुपर्दा मैले काठमाडौँमा थियटरमा बिताएको समय चाहिँ दशौं सकेर ११ वर्ष भयो । उपलब्धि भन्नाले मेरो व्यक्तिगत विकासको लागि, विचार विकासका लागि, आफूले आफूलाई बुझ्ने मौका पाएको छु । अझ सरल भाषामा भन्ने हो भने मान्छे हुँ भन्दा जे आकारित हुन्छ, आफूले आफूलाई अध्ययन गर्ने मौका पाएँ । मान्छे हुनलाई कस्तो कुन तहसम्म्को प्राक्टिस् गर्नुपर्दो रहेछ । कुन तहसम्म जानुपर्ने रहेछ भन्ने प्राक्टिस् थियटरमा गरियो त्यसले चाहिँ आफूभित्रका हरेक कुरालाई पखाल्दै पखाल्दै म जे थिएँ, त्यो न्यून रहेछ । हामीले आफ्नो व्यक्तिगत विकासका लागि धेरै कुराहरु परिमार्जित गर्दै हिड्नुपर्दो रहेछ भन्ने कुरा बुझियो ।
फेरि पनि भन्छु, पहिलो उपलब्धि त मैले आफूलाई चिन्न पाएँ । आफूलाई बुझ्न पाएँ । त्यो सँगसँगै, समाज बुझ्दैछु । फरक व्यक्तिलाई अध्ययन गर्दैछु । उहाँहरुको विचारलाई बुझ्दैछु । फरक समुदाय, फरक भेषभूषालाई अझ नजिकबाट बुझ्दैछु ।
तपाईको रंगमञ्चमा प्रवेश कसरी भयो ?
खासमा, मेरो घर कैलाली, धनगढीमा हो त्यहाँ मेरो सुरुवात खासमा सामान्य नाटक, सडक नाटक गरिरहँथे । त्यहाँ आफ्नै टिम थियो । सँगै स्टेज प्रोग्रामहरु गरिरहन्थेँ, नाँच्थें त्यो उमेरमा । त्यो सँगसँगै नाटकको एक जना अग्रज दाइ सर हुनुहुन्थ्यो, उहाँले शिल्पी थियटरसँग जोडाइदिनुभयो । त्यो जोडिएको दिनदेखि म नाटकसँग छु । त्यसले गर्दा म अभिनयसँग छु । नाटक र फिल्म दुइटैलाई सँगै लगेर काम गरिहेको छु ।
स्कुल लेबलदेखि नै हो जब मलाई थाहा थियो म नाँँच्थे नै । मेरो परिवारबाट नै त्यो किसिमको वातावरण भयो । मेरो दाइ आर्टमा एकदमै इन्ट्रेस्टेट् हुनुहुन्थ्यो । दाइले मलाई प्रेरित गरिरहनुहुन्थ्यो । विवाह, सांस्कृतिक कार्यक्रम भयो भने दाइले जहिले अर्गनाइज् गर्ने र मलाई नचाउने । त्यो कुराले मलाई प्रेरित गथ्र्यो । सडक नाटकको कुरा चाहिँ म आठ कक्षादेखि सामान्य ज्ञानहरु लिँदै – लिँदै टिमसँग नजिक हुँदै, हेर्दै, त्यसरी गर्दै आएको हो ।
अहिलेको समयमा रंगमञ्चको स्थिती र यसको चुनौती कस्तो देख्नुहुन्छ ?
मलाई त के लाग्छ भने चुनौती त हरेक कुरामा हुन्छ नै । तपाइ कुनै पनि कार्यलाई सुरुवात गर्नुहुन्छ भने त्यहाँ चुनौती नै हुन्छ । चुनौतीलाई हामीले सहज बनाएर पार गर्ने हो । व्यक्तिगत रुपमा हामी त्यतिकै बसिरहेको छ भने बस्दा – बस्दा पनि हाम्रो शरीर दुख्छ के । हिड्दा हिड्दै ठेस लागेर पनि लड्न सकिन्छ भने त्यहाँ पनि चुनौती नै भयो । भनेपछि त्यसलाई कसरी जोगिँदै पार गर्ने भन्ने एउटा कुरा हो ।
अहिलेको अवस्था चाहिँ मैले सुरुवाती कालदेखि अहिलेको अवस्थामा हिजोको दिनमाभन्दा अहिलेको दिनमा एकदम राम्रो छ । नेपाली रङ्गमञ्चको क्षेत्र अहिले निकै उत्साहजनक बनेको छ । मैले ठ्याक्कै आफूले महसुस गरेको जब यो कोरोनाकाल आयो र कारोनाकालपछिको इन्डस्ट्री अझ फस्टाएको छ भन्ने महसुस हुन्छ । दर्शकको अलिकति चाप पनि बढेको देख्छु । नाटक पनि काठमाडौँमा हिजोको दिनमा जति हुन्थ्यो त्योभन्दा अलि बढेको देख्छु । नाटक कम्पनी पनि खोलेको देखछु । कम्पनी पनि नभएकोले पनि ल है गर्ने भनेर विभिन्न जिल्ला जिल्लाहरुमा अहिलेको अवस्था हेर्दा हिजोको सुरुवाती काल र अहिले हेर्दा साँच्चिकै राम्रो छ । हुन सक्छ, जति हुनुपर्ने हो त्यो नहोला, कमीकमजोरी त हुन्छ नि, तर हिजोभन्दा आज बेटर छ । एकदमै राम्रो छ जस्तो लाग्छ ।
नाटकले नै जिन्दगी धान्न सकिन्छ ?
यो कुरामा मेरो आफ्नै बुझाइ छ । थाहा छैन, भन्नेले कसरी बुझेर जवाफ दिनुहुन्छ । हाम्रो जीवनमा नाटक मात्रै होइन, तपाइले मनदेखि चाहेको जुनसुकै प्रोफेसन छ, त्यो अवश्य त्यहाँबाट सर्भाइभ हुन्छ, त्यहाँबाट जीवन चल्छ, त्यहाँबाट जिन्दगी चल्छ । तर तपाइले त्यो चुनेको चीज हो कि होइन । तपाइले मनदेखि चाहको काम हो कि होइन, यदि तपाइले मनदेखि चाहेको चीज हो भने दुनियाको कुनै पनि कुनामा गएर जुनसुकृै काम गर्दा त्यसले जीवन बन्छ, जिन्दगी पनि बन्छ । भनेको अहिलेको नाटकको रङ्गकर्म पनि त्यही हो । मलाई लाग्छ कुनै एक जना रङ्गकर्मी कुनै थियटर आर्टिस्, कुनै कलाकारले यदि साँच्चिकै मनदेखि चाहेको हो भने त्यसले दुख गर्छ । दुख गरेपछि केही न कही नलेज हुन्छ नै । नलेजले उसलाई सफलता दिन्छ । त्यो सफलता नै मान्छेको सफलता हो जस्तो लाग्छ ।
यतिबेला रंगमञ्चका कलाकारहरु धमाधम चलचित्र र म्युजिक भिडियोतर्फ आकर्षित भएका छन् । यसमा तपाई के भन्नुुहन्छ ?
यो त निकै राम्रो हो नि । सबै कलाकारहरु सबैतिर छरिनु एकदमै राम्रो हो । थियटर आर्टिस्ट भएर थियटरमा मात्रै गरिरहनुपर्छ भन्ने छैन नि त । किनभने कलाको क्षेत्र भनेको बृहत छ नि त । फराकिलो तरिकाले हेर्नुपर्छ । थियटरमै मात्र गर्नुपर्छ भन्ने पनि छैन । उहाँहरुले नै हो एक जना व्यक्ति थियटरमा काम गर्दैछ र उहाँले राम्रो काम गरेको कसैले देख्दैछ भने पक्कै पनि उहाँलाई फिल्ममा तान्ने हो । फिल्ममा कसैले उहाँलाई बोलाउँदैछ भने उँ राम्रो भएर बोलाएको हो । भनेपछि म्युजिक भिडियोमा पनि त्यही हो । काम नै त हो नि त सबै कुरा । भनेपछि मलाई लाग्छ, एउटा थियटरमा गरिरहेको, एउटा फिल्डमा, म्युजिक भिडियोमा गरिरहेको छ भने र उहाँको कार्य राम्रो छ र उहाँलाई कसैले मन पराइरहेको छ, माग बढिरहेको छ भने सकेसम्म उहाँले मेनेज गरेर काम गर्नु त्यो चाहिँ मेरो लागि खुसीको कुरा हुन्छ ।
म आफैं पनि इन्भल्भ भइरहेको हुन्छु । कहिलेकाहीँ कस्तो हुन्छ भने थियटरमा काम गरिराखिएकै हुन्छ । त्यो लगत्तै फिल्मको कामहरु हुन्छ । मलाई अहिले अधिकांश फिल्मको कामहरु आइरहेको हुन्छ । म्युजिक भिडियोको चाहिँ मलाई काम आएको छैन । सायद, यदि चित्त बुझ्दो आयो र स्टोरी सबै कुरा चित्त बुझ्दो भए त्यो पनि गरियला । अनि थियटरहरु गरिरहँदा चाहिँ टाइम मिलाएर फिल्मको कामको अफरहरु आउछ र टाइम मिलाएर त्यो कामहरु चाहिँ गरिरहेकै हुन्छ । मलाई चाहिँ खुसी नै छ राम्रो नै लाग्छ ।
अर्को कुरा तपाइले गर्ने शैली मैले सिक्न सक्छु । तपाइले कुन शैलीमा काम गर्दै हुनुहुन्छ । अर्को ठाउँमा अर्को शैली आउन सक्छ । सँगसँगै अर्को तपाइको के हुन्छ भने मान्छेको जीवनमा जति जे भएपनि आर्थिक पाटो भनेको मुख्य पाटो नै मानिन्छ । सँगसँगै त्यो कुरालाई पनि काम गर्दै गयो भने मान्छेलाई सर्भाइभ गराउँछ ।
मलाई चाहिँ लाग्छ, एज् ए रङ्गकर्मी, होस् वा फिल्मकर्मी होस् । जोसुकै जता पनि होस्, उहाँहरुले गरेको काम यदि राम्रो छ भने गर्दा एकदमै राम्रो हो जस्तो मलाई लाग्छ ।
नाटक गरेर के हुन्छ ? आम मानिसले किन नाटक हेर्ने जस्तो लाग्छ तपाईंलाई ?
मैले अघि पनि भनें, मैले नाटक गरिरहँदा पछिको जीवन मैले आफूलाई फरक पाएको हो । म नाटकमा आइसकेपछि नै मैले मेरो जीवन फरक पाएको हो । यो नै एउटा प्रुभ हो मैले नाटक नगरेको भए र मैले तपाइसँग यो गफ गर्ने मौका पनि पाउँदैनथें होला र हुन्थेन पनि । सायद एकअर्कामा चिनजानै हुन्थेन होला । जहाँसम्म लाग्छ, मैले नाटक गरिरहँदा नाटकबाट उपलब्धि हुने चिज भनेको नै यही हो । मलाई लाग्छ, मैले नाटक गरिरहँदा नाटकबाट उपलब्धि हुने चीज भनेको व्यक्तित्व विकास हो । नाटक बनाउँदा एक खालको छलफल गरिन्छ ।
त्यो छलफलमा गरिने कुरा भनेको कथा सेलेक्सनको कुरा, कस्तो कथा ल्याउने, कस्तो चरित्र भएको कथालाई उठाएर हामीले देखाउने ? समाजको कुन मुद्दालाई ल्याउने ? कथामा कुन खाले चरित्रको कलाकार हामीलाई फिट हुन्छ त, यी विविध अभ्यास गरिसकेपछि हामी एउटा नाटक पूर्ण बनाएर मञ्चन गर्छौं । मलाई लाग्छ, जहाँसम्म हामी आफू समाजमा बसेर काम गर्छौं, समाज भएर काम गर्छौं, समाजको सहज र असहजलाई महसुस गरेर काम गर्छौं, अनि त्यो समाजलाई हामीले पारदर्शी तरिकाले मञ्चमा त्यो ब्ल्याक्बक्समा हामीले दर्शकलाई देखाउने हो । कतै उहाँलाई त्यो फिल होस् कि, त्यो त्यो व्यक्ति चाहिँ म हो भन्ने त्यो फिल होस् । त्यो फिल भएको कुरालाई हामीले कतिसम्म सोच्न बाँध्य बनायौं त ? जहाँसम्म लाग्छ, दर्शकलाई त्यो फिल भइदिन्छ मलाई लागछ हाम्रो नाटक देखाउनुको उपलब्धि नै त्यही हो ।
आफैँले नाटक निर्देशन गरेर नाटक चलाउन कत्तिको सजिलो छ ?
मैले महसुस गरेको कुरा चाहिँ कुनै पनि निर्देशकलाई निर्देशन गरेर चल्छ कि चल्दैन भन्दा पनि उहाँहरुलाई आफ्नो कामप्रति विश्वास छ कि छैन भन्ने कोणबाट हेर्नुपर्छ जस्तो लाग्छ । एउटा निर्देशकले कथा, त्यो नाटकको डिजाइनदेखि लिउर परिकल्पना जब त्यो कुरामा आफूमा विश्वस्त छ कि दर्शकलाई देखाउँछु, बुझाउन सक्छु भन्ने त्यो विश्वास छ भने, मलाई लाग्छ पक्कै पनि चल्छ । अहिलेको समयकाल, जेनेरेसन अनुसार यो अवस्थामा हामीले यो कुराहरुलाई, यदि हामीले अहिलेकै परिवेशमा, अहिलेकै कथा उठाएपनि, आजभन्दा सय वर्ष पहिलेको कथा उठाएपनि तर त्यो सबै कुरालाई हामीले अहिलेको जेनेरेसनलाई जोडेर त्यो कुराहरुलाई फोकस गरेर काम ग¥यौं भने चाहिँ पक्कै पनि नाटक त चल्छ नै । भनेको मतलब, प्रक्टिकल चेन्ज हुनप¥यो । कथा त त्यही हो । तर त्यसलाई हामीले कसरी मञ्चन गर्ने ? त्यो कथा सँगसँगै, त्यो समाजसँगसँगै, समाजका पात्रसँगसँगै म स्वयम् मेरो विचार परिवर्तन हुनप¥यो पहिला । परिवर्तन गरेर हामी त्यो कुरालाई मञ्चन गरिरहेका छौं भनेचाहिँ मलाई लाग्छ नाटक चल्छ ।
विश्व बजारमा हाम्रो कला साहित्य परिचित हुन नसकेको हो ?
यो कुरा कस्तो हो भने हामीले हाम्रो समुदायको कुराहरु हाम्रो परिवेशको कुराहरु उठाउनुपर्छ, मञ्चन गर्नुपर्छ पक्कै पनि गर्नुपर्छ एउटा रङ्गकर्ममा लागेपछि अथवा, फिल्ममा लागिसकेपछि हामीले त्यो कुरालाई प्रोमोट गर्नैपर्छ । । मलाई के लाग्छ भने हामी त यति मात्र त होइन नि । जस्तो कि, म कैलालीको हो भने मेरो कुरा कैलालीको मात्रै होइन के, ओभरल नेपालको चीज मेरो हो भने, ओभर नेपाल मात्र होइन कि, यो वल्र्ड कै चीज मेरो हो । वल्र्डको चीजलाई मैले गेन गर्ने कि नगर्ने ? म त पृथ्वीमा जन्मेको हो नि । पृथ्वीकै चीजहरु मेरो हो नि । मेरो वरपर देखिरहेको चीज अरुसमक्ष पु¥याउनु एउटा पक्ष भयो, तर, मैले देख्दै नदेखेको चीजलाई अध्ययन गरेर त्यो चीजलाई मैले फिल गर्ने कि नगर्ने ? त्यही भएको भएर हाम्रो नेपालको कल्चर सँगसँगै छदैछ, त्यो सँगसँगै हामीले पश्चिमी कल्चरलाई पन ल्याएर हामीले काम गर्नुपर्छ । हाम्रो व्यक्तित्व विकास र अध्ययनका लागि राम्रो पक्ष हो जस्तो लाग्छ मलाई ।
प्रस्तुति : सपना



