
काठमाडौं जेठ ९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा माइक्रोसाइकल डिजाइन कार्यशाला शनिबार सम्पन्न भएको छ ।
छदिने कार्यशालामा विभिन्न ९ खेल फुटबल, एथलेटिक्स, उसु, कुस्ती, कराते, तेक्वान्दो, क्रिकेट, बक्सिङ र कबड्डीका १५ प्रशिक्षक सहभागी थिए ।
उनीहरुलाई विश्व एथलेटिक्स सीइसीएस लेभल २ लेक्चरर् सुशिलनरसिंह रानाले ल्याब प्राक्टिस सम्बन्धी व्यवहासिरक र सैद्धान्तिक ज्ञान दिएका थिए । योगा शिक्षक पुस्करराज पन्तले योग सम्बन्धी प्रशिक्षण दिएका थिए ।
सहभागीलाई राखेपका सदस्य सदस्य–सचिव रामचरित्र मेहताले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । सो अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, उप निर्देशक जगदीशप्रसाद भट्टलगायतको उपस्थिति रहेको थियो ।






