
बैंक सञ्चालक समितिको सदस्यका लागि शनिबार भएको मतदानबाट पौडेल विजयी भएका हुन् ।
रामशरण घिमिरे र परितोष पौडेल बागमती प्रदेशबाट बैंक सञ्चालकका लागि चुनावी प्रतिस्पर्धामा थिए । पौडेलले १ हजार ८ सय २७ मत पाए । उनले २७५ मतान्तरले घिमिरेलेलाई पराजित गरेका हुन् ।
निर्वाचन समितिका अनुसार घिमिरेले १ हजार ५ सय ५२ मत प्राप्त गरेका छन् । योसँगै सहकारी बैंकको भावि अध्यक्ष पौडेल नै बन्ने सम्भावना बलियो बनेको छ ।
सात प्रदेशबाट १/१ जना प्रतिनिधि सदस्यसहित दुईजना विज्ञ सदस्य गरी ९ सदस्यीय सञ्चालक समितिले अध्यक्ष चयन गर्नेछ । बागमती प्रदेश बाहेक छ वटा प्रदेशमा सहमतिमा सञ्चालक सदस्य टुंगाएकोमा यस प्रदेशमा मात्र निर्वाचन भएको हो ।
निर्वाचित सञ्चालनकहरू मध्येबाट अध्यक्ष चयन हुनेछ ।




