स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार सात सयले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि नयाँ कीर्तिमान कायम गरेको हो। त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ५०० पुगेको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य घटेको छ। चाँदीको मूल्य भने तोलामा रु. २५ ले ओरालो लागेको छ। बिहीबार प्रतितोला रु. एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि रु. एक हजार आठ सय ७५ निर्धारण भएको छ।