काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड_ले कसैलाई बचाउनका लागि खबरदारी सभा नगरिएको प्रष्ट पारेका छन्।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले रवि लामिछानेलाई मुद्दाबाट बचाउनका लागि खबरदारी सभा गर्न लागेको भनेर माओवादीको बदनामी गर्न खोजिएको बताएका हुन्।
हिजो सरकारमा रहँदा र आज बाहिर हुँदा पनि सहरकारी पीडितहरूले न्याय पाउनुपर्छ भन्ने पक्षमा रहेको पनि बताए।
उनले हिजो आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरूद्धको कारबाही चलाउँदा सिआइबी प्रमुखसँगको भेटमा प्रचण्ड नै दोषी देखिए पनि पक्राउ गर्नु भनेको बताए।
वर्तमान सरकार प्रति कटाक्ष गर्दै उनले ‘अहिले सरकारले जे रवैया अपनाएको छ, हाम्रो आपत्ति छ, त्यही प्रतिवेदनमा नाम उल्लेख भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहिँ छानबिन गर्न नपर्ने, गिरफ्तार गर्न नपर्ने, नेपाली कांग्रेसको पनि नाम छ, त्यो नामलाई पनि केही गर्न नपर्ने, राजनीतिक पूर्वाग्रहले मात्र प्रतिपक्षीलाई मात्र गिरफ्तार गर्ने सरकारको तरिका बेठीक छ,।’ भने ।
रवि लामिछानेविरुद्ध संसदमा प्रश्न उठेपछि आफू छानबिन समिति गठन गर्न तयार भएको र पछि रवि पनि तयार भएको तर हालका प्रधानमन्त्री ओलीले नमानेको प्रचण्डले बताए ।
माओवादीलाई सरकारको चिन्ता नभएको उनले उल्लेख गरे । आफूहरूले दलाल र पुँजीवादी दलहरूसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको उनले बताए ।