काठमाडौँ। सरकारले यही वैशाख २८ गते नीति तथा कार्यक्रम आउने भएको छ ।
अपराह्न चार बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
त्यसअघि दिउँसो दुई बजेका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाका छुट्टाछुट्टै बैठक बस्नेछ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गरेको थियो ।
त्यसपछि प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसेको थियो । बैठकको तयारीका विषयमा छलफल भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
काठमाडौं । सरकारले यही वैशाख २८ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ । अपराह्न चार बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
त्यसअघि दिउँसो दुई बजेका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाका छुट्टाछुट्टै बैठक बस्नेछ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गरेको थियो ।
त्यसपछि प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसेको थियो । बैठकको तयारीका विषयमा छलफल भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
“२८ गतेको बैठकको तयारीका विषयमा छलफल भएको छ । अपराह्न बस्ने संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ,” उनले भने, “अन्य बैठकको सम्भावित कार्यसूचीबारे छलफल भएको छ ।”