
ध्यानको सुरुवात शमथको अभ्यासबाट गर्नुपर्छ किनकि अक्सर हाम्रो मन शान्त हुँदैन । पश्चात्ताप, पीडा, चिन्ता र अनेक तर्क-वितर्कले मन विचलित भइरहेको हुन्छ । त्यसैले सबैभन्दा पहिले हामीले आफ्नो मनलाई शान्त पार्नु आवश्यक छ ताकि यसमा एउटा स्वाभाविक स्थिरता कायम हुन सकोस् ।
— महामुद्रा ध्यान परिचय, पृष्ठ ११ बाट







