काठमाडौ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
आउँदो भदौ ९ देखि ११ गते बैठक बस्ने महासचिव घनश्याम भुसालले जानकारी दिए । केन्द्रीय कमिटीका सदस्यको शपथग्रहण, केन्द्रीय संरचनाको निर्माण लगायत एजेन्डामा रहेर बैठक बस्ने जनाइएको छ ।
एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । असार १६–२१ गतेसम्म भएको पार्टीको महाधिवेशनले ९३ सदस्य मात्रै चयन गरेको थियो । महाधिवेशनको करिब महिनापछि केन्द्रीय कमिटीले पूर्णता पाएको थियो ।
२१ मध्ये १८ पदाधिकारी छान्न अझै बाँकी रहेको अबस्थामा पार्टीको केन्द्रिय बैठक आब्हान गरिएको हो ।