
मंसीर २५, सामान्यतया शमथ ध्यान भनेको चित्तलाई कुनै एक आलम्बनमा राखेर त्यसमै शान्तसँग विश्राम गर्न दिनु हो। तर जब हामी शमथको अभ्यास गर्छौं, त्यसै शमथप्रति पनि होस (स्मृति) राख्दै ध्यान कस्तो चलिरहेको छ भनेर हेर्छौं। “राम्रोसँग चलिरहेको छ कि छैन? अलिकति बिग्रिएको छ भने कुन प्रतिपक्ष लगाउनुपर्छ?” विचार गर्छौं। यसरी अभ्यास गर्दागर्दै आफ्नै चित्तको अवस्थालाई हेर्नु र जाँच्नु विश्लेषणात्मक ध्यान (विपश्यना) हो।
—इसेन्सियल्स अफ महामुद्रा (महामुद्राको सार), पृष्ठ ६४ बाट







