
क्लेश र तिनबाट उत्पन्न हुने दुःखहरूबाट तिनीहरू शून्यता लक्षण भएका र तिनको कुनै स्थायी स्वभाव नभएको बोध गरेर छुटकारा पाउन सकिन्छ। यदि ती वस्तुतः सत्य वा ठोस चीज थिए भने हामी मुक्त हुन सक्ने थिएनौं। तर हामी मुक्त हुन सक्छौँ, किनकि तिनीहरू स्वभाव-शून्य छन् अर्थात् ठोस आत्म-सत्ता विहीन छन्।
— समाधिराज सूत्र, पृष्ठ ५२ बाट







