
कार्तिक ७, सामान्यतया, शारीरिक असुविधा भैरहेको बेला या शरीरको कुनै भागमा पीडा भैरहेको बेला त्यस क्षेत्रमा एउटा सानो भैषज्यगुरु बुद्धको भावना गर्न सक्छौं। त्यो सानो भैषज्यगुरु बुद्धबाट अमृत प्रवाहित हुँदैछ, जसले हाम्रो सम्पूर्ण पीडा र दुःखहरूलाई हरण गर्दैछन् भनेर भावना गर्न सक्छौं। त्यस्तै हामीलाई मानसिक दुःख छ भने, आफ्नो हृदयमा भैषज्यगुरु बुद्धलाई कल्पना गरेर उहाँबाट अमृत बगिरहेको भावना गर्न सक्छौं। यसबाट चित्तमा शान्ति र स्थिरता आउँछ।
– अ लाइफ अफ ह्याप्पिनेस: अ प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ५५ बाट







