
काठमाडौं । साहित्यकार नारायण ढकालको उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ।
पब्लिकेसन नेपालयको आरशालामा आयोजित कार्यक्रममा ढकालले आफ्ना नातिनातिनालाई पुस्तक उपहार दिँदै कृति लोकार्पण गरेका हुन्।
कार्यक्रममा लेखक ढकालले आफ्नो पाँच दशक लामो साहित्यिक, राजनीतिक र सामाजिक आन्दोलनका अनुभव सुनाएका थिए। साहित्यलाई राजनीति, इतिहास र समाजप्रतिको प्रश्नका रूपमा अथ्र्याउँदै उनले यस उपन्यासलाई ‘विश्वासघातविरुद्ध आफ्नो स्वप्न–दुस्वप्न वक्तव्य’ को संज्ञा दिएका छन्।
नेपालयका सम्पादक विमल आचार्यले यो उपन्यास नेपाली साहित्यको इतिहासमा बिर्सन नसकिने कृति भएको दाबी गरे। वि.सं. २०३० सालदेखि लेखन यात्रा सुरु गरेका ढकालका यसअघि उपन्यास, कथा, निबन्ध र कविता गरी झन्डै दुई दर्जन कृति प्रकाशित छन्।
यो उनको छैटौं उपन्यास हो ।





