असोज ११, हामीले आफ्नो मनमा सहयोगको भाव बढाउन आवश्यक छ। जब यो भाव यथेष्ट मात्रामा विकसित हुन्छ, तब हामी सधैँ अरुलाई सहयोग गर्न तत्पर हुन्छौं। कुनै बेला हामी दुःख भोगिरहेका प्राणीहरूलाई सहयोग गर्न सक्छौँ र कुनै बेला सक्दैनौँ। तर यदि हाम्रो मनमा यस्तो भाव छ भने अवसर प्राप्त हुनेबित्तिकै हामी सहयोग गर्न सक्षम हुन्छौँ।
— द हार्ट अफ द धर्म, पृष्ठ ३० बाट