
काठमाडौं । नेपाली साहित्यमा महाकाव्य, खण्डकाव्य, कवितासहित विभिन्न विधामा कलम चलाउँदै आएका साहित्यकार माधव वियोगी (माधवप्रसाद घिमिरे) लाई ‘लीलाध्वज थापा त्रैमासिक स्रष्टा सम्मान तथा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ ।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले वियोगीलाई नगदराशि दश हजार सहित सम्मान गर्न लागिएको जानकारी दिए ।



