
कविता
इच्छा
रुपा रिसाल
माथि आकाशमा उड्ने इच्छा
अलिकति सपनाका साकार पार्नुछ
घामपानीले भिज्दै तल पाताल लोकमा
इर्ष्याले छट्पटी भएका तारा देख्यौ ?
ऊ माथिबाट तल खस्दैछ बेगले
माथि कत्ति चम्केर झलिरहनु भन्दै
तल झरनाको झन्कार सुन्न आतुरछ
यता उता आगोका लिप्सासँग खेल्दै
ज्वालामुखीको रुप छलेर ढल्छ भुईमा
निस्लाम लाभा ओकलेर पृथ्वीमा
सजिव स्वास बोकेर सलबलाईरहेछ
प्राणीको शानमा सजाउँन एक जीवन ।
मानव हुनुको अभियानमा गर्व गर्न
आमाको न्यानो गर्भमा मस्नि निदाउन
ज्योतिमय चञ्चल भावमा नाटक रच्न
हराभरा आँगनमा छमछमी नाँच्दै गाउँदै
मानव हुनुको इच्छाशक्ति अपार बन्छ ।
शिर ठाडो पारेर सिंहासन बस्न खोज्छ
ताज कुर्सीमा पहिरेर उच्च मान खोज्दै
उन्मत्त शिखरमा पहिलो झुल्का निकाल्न
अँध्यारा खाल्डा पुर्ने ज्वाज्वल्यमान तारा
आत्मसात ती आँखाभित्र पस्न खोज्छ ।
आजीवन दैव बन्ने शौखमा र सौकातमा ।







