
साउन २ ,धेरै मानिसहरू आफ्नो जीवन त्याग्न र समाप्त गर्न सजिलो सम्झन्छन्। तर यस्तो बेला सोच्नुपर्छ — के मृत्युपछि अहिले भन्दा सुखी स्थानमा पुनर्जन्म हुन्छ त? त्यो भन्न एकदम गाह्रो छ। त्यसैले अहिले प्राप्त यो मानव शरीरको नै हामीले कदर गर्नुपर्छ। बौद्ध दृष्टिमा, कर्मले मृत्युपछि पनि पछ्याउँछ र त्यो प्रायः हाम्रो पक्षमा हुँदैन। त्यसैले जीवन समाप्त गर्नुको साटो यो अमूल्य मानव जीवनलाई धर्म अभ्यासमा लगाउनु पर्छ। यसले रोग-व्याधिको दुःखलाई कम गर्न मद्दत गर्नेछ, र अहिलेको मात्र नभई भविष्यका सबै जन्महरूमा पनि हित गर्नेछ।
—अ लाइफ अफ ह्याप्पिनेस: ए प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ६८ बाट







