
जेठ १३, जब हाम्रो करुणा उच्चतम स्तरमा पुग्छ, त्यसलाई बोधिचित्त भनिन्छ । यो सबै प्राणीहरूको कल्याणको लागि बुद्धत्व प्राप्त गर्ने आकांक्षा हो । यसमा के स्पष्ट बोध हुन्छ भने सबैजना तब मात्र आफ्ना सबै दुःखबाट मुक्त हुन्छन् जब उनीहरू बुद्धत्व प्राप्त गर्छन् । करुणा पूर्णतामा पुग्यो भने त्यो स्वत: बोधिचित्तमा रूपान्तरण हुन्छ ।
( द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यममार्ग ध्यान निर्देशनहरू), पृष्ठ २७ बाट







