बैशाख ७ बोधिचित्त भनेको मूलतः एकदमै शुद्ध आशय हो, तर यो त्यत्तिमै सीमित छैन । यसलाई केवल आशयको रूपमा मात्र राखेर हुँदैन, अभ्यासमा पनि ल्याउनुपर्छ । यो शुद्ध आशयलाई अभ्यास गर्ने तरिका भनेको छ पारमिताको अभ्यास गर्नु हो ।