धम्मपद शृङ्खला-२
यमक वर्ग
२) अक्कोच्छि मं अवधि मं अजिनि मं अहासि मे ।
ये च तं उपनय्हन्ति वेरं तेसं न सम्मति ।।
उसले मलाई अपशब्द बोल्यो, उसले मलाई पिट्यो, उसले मलाई पराजित गर्यो र उसले मेरो धन हरण गर्यो । जसले यस्ता भावना मनमा राख्छ, उसको वैरभाव, शत्रुता शान्त हुँदैन ।
३) अक्कोच्छि मं अवधि मं अजिनि मं अहासि मे ।
ये तं न उपनय्हन्ति वेरं तेसूपसम्मति ।।
उसले मलाई अपशब्द बोल्यो, उसले मलाई पिट्यो, उसले मलाई पराजित गर्यो र उसले मेरो धन हरण गर्यो । जसले यस्ता विचार मनमा राख्दैन, उसको वैरभाव, शत्रुता शान्त हुन्छ ।
प्रस्तुति – डा नेत्र आचार्य