
कथा जिन्दगीको
रेजिना पाण्डे
अचानक बिच सडकमा एक युवती अर्की युवतीसंग ठोकिन पुग्छे ।
झसङ्ग हुँदै एक महिलाले भनिन् -“म कति धेरै हतारोमा छु तपाईलाई के थाहा । मैले त देखिन देखिन । तपाई त आँखा हेरेर हिडनु पर्छ नि !”भन्दै उल्टेै आक्रोसित बन्दै कराईन । आफुलाई कति हतारो छ ! मान्छेहरुलाई समयको महत्व नै थाहा छैन । कस्तो कस्तो मान्छे हुन्छनु यहाँ हिडने ढंग नै छैन ।” उनी उल्टै भुत्भुताइन् ।
भुइँमा खसेको व्याग उठाउदै एक युवतीले अर्की युवतीलाई दिदै भनिन्- “सरी म्याडम गल्ति भयो मैले देखिन ।
लिनुस तपाईको व्याग ।”
महिलाको हातबाट व्याग खोस्दै रुखो स्वरमा उसले भनि -“अहो ! यति महँगो व्याग भुइँमा खसेछ । धुलो पनि लागेछ तिम्रो लापवाहीले ।”
“छ्या छ्या भोली त नयाँ व्याग किन्नै पर्नेभो । यस्तो व्याग बोकेर अरु मिटिङ्गमा कसरी जानु ।”
उनको कुरा सुनेर अचम्म परि अर्की महिला । उसले यसो निहालिन् जसमा आधुनिक नारीको पाश्चात्य मुलुकको छवि निकै निखारिएको थियो ।मेकअप र उनको पहिरनले लाग्थ्यो उनी कुनै सुपरस्टार नायिका भन्दा कम थिईनन् । अनि लाग्छ उनी कुनै ग्लामर फिल्मको सुटिङमा जादैछिन । उनी यति राम्री र मस्त देखिन्थिन् ।
उनको हेराई र हिडाई अपार थियो घमण्ड र अहंम पनि । उनको बिचार सोचाई आम महिलाको भन्दा अलि भिन्न लाग्दथ्यो । अनि दुलर्भ पनि ।
कता कता चिनेको र देखेकोे झै लागेर ।
“स्क्यूज मी म्याडम !”- भन्दै पुनः रोकिन युवतीले ती महिलालाई फेरी के छ र जवाफ फर्काइन् । ।
कालो चश्मा लगाएकी ती युवतीले ठाढो जवाफ दिदै-” फेरी के खस्यो ?” रुखो जवाफ दिदै कोल्टे फर्केर हेरिन ।
“केहीपनि खसेको छैन ! तपाईलाई चिनेको जस्तै लागेर बोलाएको तपाई द्रौपदी होईन र ?”
च्याठ्ठिदै उनले भनिन्-” हो किन ? जो भएपनि तपाईलाई के मतलव ! मलाई डिस्र्टव नगर्नुहोस हतारोमा छु म ।”
अर्की युवतीले आफनो मुखको माक्स र चश्मा निकालिन । द्रौपदी आचम्म पदै घोरिइ ।
“चिनिनस म कुन्ती ।”
“कस्तो नचिनेको झै गरी ट्वाल्ल परेर हेरेकी म उही साहिली आमाको छोरी कुन्ती क्याँ त ?”
अकमकाउदै -“अँ अँ कुन्ती ।”
“तँ यहाँ कसरी त ?”
“तँ त ईराकमा थिइस होईन र ?”
“हो ।म नेपाल आएको त तीन महिना नै भईसक्यो नि ।”
खुशी हँदै कुन्तीले भनि -“तँ चाँही काठमाडौमा कसरी नि ? मैलै त तँलाई चिन्न नै नसकेको । बाबा पुरै परिवर्तन भईछेस यार ।
म त पहिले तँलाई हिरोईन भन्ने ठानेको । ठम्मयाउन नै गाह्रो भएको मलाई । बा बा कति राम्री देखिएकी नि ।कता जान हतारिएकी नि यसरी ?”
“आफनो सामान खसेको पनि पत्तो नै नपाउने गरी हिडेकी छेस त ?”
“तँ यस्तो थिइनस त कति रिसाहा भएकी तेरो बोलीपनि कति रुढ र कठोर बाबै !”कुन्तीले भनि ।
“कतै सुटिङमा त जान लागेकी थिईस कि ? तेरो हाउभाउ देख्दा त्यस्तै लाग्यो ।”
“काम हतार नै थियो ।”
“कामको शिलशिलामा आज नयाँ ग्राहाकले समय दिएको थियो ।त्यतै जान लागेको हुँ ” -दौपदीले भनि ।
“ठुलै कम्पनीमा काम गर्छेस कि क्या हो ?”
“तँ पुरै चेन्ज भईछेस यार । तँ मा पनि यति परिर्वतन तलदेखि माथिसम्म नै । एकै चोटीमा त अहिले देख्नेले पनि चिन्दैन नि तँलाई ।
रुपरङ्ग नै सबै फरक । यति फरक कि खोलाबाट नदी भएको भान हुन्छ ।”
“साधारण द्रौपदी आज हिरोईनभन्दा कम छैन । अचानक यो वान पिस कपडामा देख्दा अचम्म लाग्यो यार ।”
“हो मेरो कपडा जस्तै मनपनि समयपनि सबै कुराको परिवर्तन भएको छ कुन्ती आज !हिजोको घाउहरुले धैरै चोट दिएको छ । यहि घाउहरुले सबै परिबर्तन गरायो । मलमपट्टीले पनि निको नहुने चोटले भित्रभित्रै गालेको छ ।”
“बषौंपछि भेट भएको छ हाम्रो ।”
कुन्तीले भनि -“भोक नि लागेको छ, यो बीच सडकमा उभिएर बाटोमा कतिबेर कुरा गर्नु द्रौपदी तँलाई हतार छैन भने कुनै रेष्टुरेन्टमा गएर मज्जाले गफ गरौ न हुन्न्? बषौपछि साथीसंग भेट भएको छ । दुःखसुख पोखौं न आज ।”
“भइहाल्छ नि । आज ग्राहककहाँ नजाउँला नि । जाउँ हिड !”
उनीहरु नजिकैको रेष्टुरेन्टमा छिरे ।
मःम र कोकोकोला को अर्डर गदै कुन्तीले प्रश्न गरी-” अत्यन्त सुन्दर ,सरल र शान्त स्वभाव कि तँ । सभ्य र अनुशासित, साधारण पहिरन लगाउने तँ आज यो अवस्थामा । कसरी आईस द्रौपदी म अचम्मित छु ।”
“समयले मान्छेलाई भोग्न बाध्य गराउँदो रहेछ । म अव स्मित द्रौपदी रहिन । मेरो भागवण्डा भईसकेको छ कुन्ती ।”
“सबै छरछिमेकीले नारी हुनु त द्रौपदी जस्तो भनेर उदाहरण दिन्थें । तर म पुरै परिर्वतन भएको छु । न सभ्य छु ,न असभ्य न चोखो छु ,न बिटुलो साथी म आज ।”
“यतिधेरै परिबर्तन भएकोछु कि आज मेरो अंग अंगको भाउ लागेको छ । मोल लाग्छ । मोलमोलाई हुन्छ कुन्ती “।
“तिमीले मलाई हेर्दा सुपरहिट नायिका जस्तै लाग्यो भन्यौ । तिमीलाई के थाहा यो सिंगारिएकोे रुपमा कति धेरै चोट छ ।कति डाम छ । तिमीले मलाई हेर्दा हिरोईन जस्तो देख्यौ। तर म न हिरोईन बन्नसके न त कुनै स्टार नै कुन्ती ।”
कुन्ती – “द्रौपदी म तिम्रो कुरा बुझनै सकेकी छैन्। तिम्रो कुरा सुन्दा तिमीले चोट धैरै पाएको छौ जस्तो लाग्छ मलाई। देखाउने एउटा र लुकेको कुरा अर्को छ । मानिलिउँ आधुनिक कपडाभित्र कयौं अर्धचेतन चोटहरु ?”
“तिमी ग्राहककहाँ जाने कुरा गरिरहेको थियौ । के ग्राहक कस्तो ग्राहक बुझ्नै सकिन् । तिमी के काम गदैछौ । बुझ्न नै गाह्रो भयो । द्रौपदी खुलेर भन न ।”
द्रौपदी – “मेरो काम चलचित्र जस्तै हो जति सौन्दर्यता त्यति राम्रो दाम । मेरो शरीरको मुल्य छ । कुन्ती मिनेट मिनेटको ।शरीर मात्र स्फुर्ति भए पुग्छ ।आज समयले नसोचेको ठाउँमा पुर्यायो । यति परिवर्तन गरायो कि मलाई नै थाहाँ छैन् । कुन्ती हिजोसम्म लाज छुपाएर हिडने म आज सरम पचाएर हिडेको छु ।”
“कसरी द्रौपदी ?”असमन्जमा पर्दै कुन्तीले जिज्ञासा राखि।
“म बलात्कृत भएँ गाउँमै आफ्नैसँग । गाउँकै बुढापाका समुखले मेरो बलात्कार गर्यो ।”
“कुन्ती केहि समय अघिसम्मको मेरो परिचय छिनभरमा नै ………..। राम्रा भन्नेहरुको लागि म अभिशाप भएँ ।”
द्रौपदी आँखामा अश्रुमिश्रित भावमा सुस्काउन थाली।
“गाउँका काकाहरुले नै मोल लगाउन थाले। भित्रभित्रै जोसँग बोलेपनि पोईहरु भन्न थाले। घुणित व्यवहारले हेर्न थाले ।बोल्न थाले ।बरु कोठी खोलेर बस सम्मपनि भन्न थाले आफनाहरुले । न सके मर्न, न बाँच्न नै । अनेकौं बचन र घृणित व्यवहारहरुले काठमाडौ उत्रिएँ । काठमाडौमा सुनीतासँग भेट भयो । उ पनि जिन्दगीबाट लाचार बनेर हरेस खाएकी मान्छे थिई । उसैले नै मद्धत गरी । मेैले होटेलमा नाईट काम गर्न थालें । काम लज्जाप्रदक थियो ।तर मेरोलागि काम जरुरी पनि थियो। जति ग्राहाक त्यति नै कमिशन । ल भन् म कुनै हिरोईन भन्दा कम भएँ त ।”
“पुरुषहरु बन्द कोठाभित्र रात परेपछि हामी नभई हुँदैन्। हाम्रो मोल रात परेपछि लाग्छ ।”
कुन्ती द्रौपदीको कुरा सुनेर नरोइ रहन सकिन्।
उसले अचम्म मान्दै भनी -“हो रहेछ । जीवनले यसरी कोल्टे फेर्छ कि हाम्रो जिन्दगीमा थाहै पाइँन्न् ।”
“द्रौपदी पुरानै स्वार्थी समाज नारीलाई किन शरीरको मूल्यवान बनाएको होला । नारीको अँगअंगको मोल लाग्छ जहाँपनि ।
तेरो भन न कुन्ती । मेरो त यस्तै छ जिन्दगी । ग्राहाक बिना अव जिवीकोपार्जन नै चल्दैन जानेको काम पनि यहि नै हो ।
त काठमाडौंमा के गर्दैछेस । ईराकमा थिईस तँ ।”
“अहिले सामान्य कपडा पसल राखेर बसेकोे छु । द्रौपदी आम्दानीकोे स्रोत त्यसैलाई नै बनाएको छु अहिले ।”
“के अव तँ इराक जान्नस त ?”द्रौपदीको जिज्ञासु मनले प्रश्न गर्यो ।
“बल्लबल्ल पिंजडाबाट उम्केर आएकी छु फेरी उही पिंजडामा पर्न कसरी जाउँ द्रौपदी ।”
“मेरोपनि यस्तै छ पीडा । जिन्दगीमा झन मलाई त आफनैले धोका दिएको छ ।लोग्नेले कर गरीगरी फकाई देवरसँग ईराकमा पठाए । तर देवरको लागि म कमाई गर्ने भाँडो बने । अलिकति कमाई घर पनि पठाउनु पर्यो ।म अलपत्र परेको थिए एउटै कोठा एउटै बिस्तार प्रयोग गर्र्नुपर्ने बाध्यता ।देवरको हरदिनको शोषण अनि अनगिन्ति आउने पुरुषहरुसँग एउटै कोठामा बस्नुपर्ने बाध्यता । लोग्नेलाई दुःख सुनाउ भने बिस्तारै भईहाल्छ बिदेसमा यस्ता कुरा सामान्य हुन यसलाई ठुलो बनाउँँ्नु हुदैन भन्दै सान्त्वना दिईरहे ।”
आफ्ना विगतका भोगाइहरुको पोको खोल्दै बोली कुन्ती ।
“हरेश खाएर एउटा घरमा बच्चा हेर्नेको काम पाएको थिएँ। तर घरबेटी पनि एक्लै पाएपछि यौन शोषण गथ्र्यो । भागेर जाउँ कहाँ जाउँ बल्ल बल्ल टिकटको पैसाको गुजारा गरेर स्वदेश फर्कें म । यहाँ लोग्नेले अर्की विवाह गरेछ । जीउ बेचेर कमाएर मैले पठाएको धनले जग्गाजमिन पनि किनेछ । उसको आफनै सुखी परिवार बनाएको रहेछ । डेरा लिएर छोराको मुख हेरेर बसेको छु म पनि ।”
“छोराको बाउ को हो नि । नाम थाहा छ कुन्ती तिमीलाई ? कसको बच्चा हो ?”
“सुर्यपुत्र नै सम्झ द्रौपदी । यो बाउ भनेर कसरी भनु ।”
“जे जस्तो भए पनि बालहत्या गर्न मैले सकिन् । त्यसैले च्यापेर बसिरहेको छु । गुजाराको लागि कपडा पसल छ ।हो जसले जे गरे पनि आफनो गर्भमा आएको बालकको हत्या गर्न सकिंदोरहेनछ ।”
“कुन्ती मायाको जालो मेरोपनि छोरा छ बाउ खोजिरहेको छ । म भन्छु तिम्रो बाउ पाँच पाण्डव भनेर । उ अलमल पर्छ ।”एकपछि अर्को विगतको जिन्दगीका पाना पल्टाउँदै गई कुन्ती ।
द्रौपदी-” हो कुन्ती हिजोसम्म सबैको आखाँको नानी बनेको म आज पीडामा मलम लगाउने भन्दापनि घाउ कोट्टयाएर रगत निकाल्ने हाम्रो समाज। नारी अधिकारको कुरा गर्छन्। समय आएपछि अरुको त के कुरा गरौं। आफ्नै परिवार र दाजुभाइले नै पाखा लगाउँदा रहेछन्। कुन्ती, हाम्रालागि न तीज मुल्यवान भयो , न तिहार तिहार जस्तो नै बन्न सक्यो ।”
हातमा कोकोकोलाको सिसी समाउँदै कुन्तीले लामो सास फेदै भनि -“के छ गाउँघरको खवर केही थाहा छ?”
“दशबर्ष भयो गाउँघरको मुख देखेको पनि छैन । कस्तो भएको छ गाउँ सुनिता विनिता को के छ खवर ?राजु राम के गदैछन् होला काका काकी सबै सन्चै नै हुनुहुन्छ होला नि । सबैको सम्झना आउँछ बालापनको जन्म घर साथीभाइ ।माईती सम्झेर जानपनि सक्दिन् । बाबाले पनि सौतेनी आमा ल्याएछन् भन्ने सुनें । आमापनि पोईल गईन रे भन्ने सुनेको छु ।”
“मैले गाउँ छोडदासम्म सुखद समाचार केहिपनि थिएन कुन्ती । राजु राम युवा जमातहरु अहिले गाउँ छोडेर बिदेश पलायन भएका छन रे ।चेलीहरु सुरक्षित हुन सकेका छैन रे ।उमेर नै नपुगेका चेली दिनहुँ बलात्कृत हुँदैछन्।मारिदै छन् । गाउँघरका युवती दिनहुँ जालो पासोमा पर्दैछन या खाडी मुलुकमा होमिने सुरसार गदैछ्न रे । कति चेली त खाडी मुलुक पुगिसकेका छन् ।
बिनिताको फुपु फुपाज्युले सबै सम्पति खाएर त्यो टुहुरीलाई अलपत्र पारिदिए ।उ नि कुवेतको भुमीमा गएर काम गर्न बाध्य भए कि छ रे । गाउँ नै सुख्खा भएको छ रमिताले भनेकी । गाउँनै टुहुरो भएको छ। गुराँस फुल्न छोडेको छरे । राता गुरासँहरु मौलाउन नपाउदै निमोठिन थालेका छन रे ।” निस्सासिँदो भावमा सर्सर्ती बोल्छे द्रोपदी।
“आफनै बालसखी विनिता पनि कुवेतमा दर्दनाक जिन्दगी भोगीरहेकी छे । फेसबुकमा देखेर कुरा भएको थियो । सबै मिलेर उद्धार गदै छन रे ।”
“बाबा के भनौ कुन्ती साहिला बा को १२ बर्ष कि अपाङ्ग छोरीलाई सम्म बलात्कार गरेर मारिदिए रे ।मेरो मोल लगाउँछन्। घण्टाको मिनेट मिनेटमा रासलिलामा रच्ने दुर्योधन सकुनी त जताततै भेटियो कुन्ती तर कुष्णझै लाज बचाउने कोही आएन । सुरक्षाको रेखा तान्ने लक्ष्मण पनि आएनन । कुन्ती आज पनि म ग्राहककोमा नै जान लागेको थिए । उ राम्रो थियो ।त्यसैले हतारमा थिएँ म । ग्राहक सहयोगी पनि थियो ।”
कुन्तीले भनि -“उसो भए तेरो कमाउने भाँडो आज खोसिदिएँ होईन द्रौपदी ?”
“हामी एउटै थालमा खाएर हुर्केका चेली समयले हामीलाई कस्तो मोडमा उभ्याएको छ । परिस्थिति कस्तो ल्याईदिएको छ । दुःख त मात्र हामी आफनै घर परिवार समाजसंग सुरक्षित हुन सकेका छैनौ भने बिदेशमा हामी कसरी सुरक्षित हुनसक्छौ ” कुन्ती जिन्दगीका भोगाइहरु तुलना गर्छे।
“हो नि कुन्ती ,हाम्रो नारी जीवन त्यति सहज बन्न कहिल्यै सकेन्। राक्षसहरुको भुमरीबाट निस्कनलाई बिदेशमा हेर्यो त्यहि नेपाली नारी शोषित छन । आफनो देशमा हेर्यो आफ्नै देशमा पीडा छ ।आफैंबाट तिरस्कृत बन्नु परेको छ ।बिदेशमा स्वदेशमा जताततै गिद्धहरु मात्र हामी दुईको जीवन उस्तै उस्तै छ होईन् द्रौपदी खाली चक्रव्युह रच्ने सकुनी मात्र फरक ।”
“अपमान र पीडाहरुले छियाछिया परेका छौं । हाम्रो उही पुरानो ईतिहास दुर्बलताहरुलाई आड र भरोशा र भाग्यको उदय नै छैन्। बिश्वासहरु धुजाधुजा परेर नासिएको छ । कठै भन्ने आत्माहरुले बिश्वासमा खडेरी पारीदिएको छ ।”
कुन्ती हतारिन्छे र भन्छे -“बच्चालाई स्कुलमा लिनजानु पर्नेछ फेरी भेटौला । तिमी पनि यतै रहेछौ । तिम्रो फोन नम्बर देउ ।मेरो पनि लिउ । भेटदै गरौं। आज चाही छुटौं है ल । बाँकी अर्को भेटमा एक अर्काको कथा सुनौला ।”
“तिमी जाउ ।” द्रौपदी भन्छे-“हुन्छ नि।फोन गर्दै गर।भेट्नु त पर्छ। बिल म तिर्छु ।”
यसरी दुवैले आ-आफ्ना जिन्दगीका कथा साटासाट गरेर मन थोरै चंगा बनाए ।








