काठमाडौं ।अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास भएको छ ।
तीनकुनेस्थित कार्यालयको भवनमा राजावादी प्रदर्शनकारीहरूले आगजनीको प्रयास गरेका हुन् ।
राजावादीहरुको प्रदर्शन बिथोलिएपछि उग्र भएको समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेको थियो । ढुंगामुढाबाट कार्यालयको सिसा फुटेको छ ।
अन्नपूर्ण मिडिया नेटवर्कका कार्यकारी निर्देशक मनोज बस्नेतले भने -‘अराजकतावादीहरुले गरेको आतंककारी गतिविधि भएको छ । सबै कर्मचारीहरु आतंकित भएका छन् । ‘राष्ट्र र राष्ट्रियताकालागि लड्ने अन्नपूर्ण मिडियाको कार्यालयमा भएको आक्रमणको उनले घोर निन्दा र भत्र्सना गरेका छन् ।







